Comments (0)

राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६

विगत केही दशक यता वायुमण्डलीय तापक्रममा भएको तिब्रतर वृद्धि र त्यसबाट सिर्जित अतिवृस्टि, अनावृस्टि, खडेरीजस्ता जलवायुजन्य प्रकोपहरुबाट नेपालका हिमशृंखला र हिमनदीहरू एवं तिनीहरुमा आश्रित पारिस्थितिक प्रणालीहरुमा प्रतिकुल प्रभाव परिरहेको छ। तीव्र गतिमा हिमगलन हुदै जानाले हिमतालहरूको आकार बढिरहेको छ भने हिमतालहरू फुट्ने खतरा बढ्दै गएको छ। जलवायु परिवर्तनका नकारात्मक असरहरु वन तथा जैविक विविधता, उर्जा, मानव स्वास्थ्य, पर्यटन, वसोवास, पूर्वाधार विकास लगायत जीविकोपार्जनसंग सम्बन्धित क्षेत्रहरुमा प्रत्यक्षत:महसुस गरिएको छ भने बाढी, पहिरो हावाहुरी तथा डडेलो जस्ता जलवायुजन्य प्रकोपहरुका कारण ठुलो मात्रामा हरेक वर्ष धनजनको क्षति भैरहेको छ। यो पृष्ठभूमिमा जलवायु परिवर्तनका असरहरुको जोखिम न्युनिकरण गर्दै उत्थानशील समाजको निर्माण गर्नेतर्फ़ विभिन्न तह र बिषयगत क्षेत्रहरुमा नीतिगत मार्गदर्शन गर्ने उद्देश्यले यो जलवायु परिवर्तन नीति, २०७६ लागु गरिएको छ।
Author:

Language: Nepali
Published By: नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय
Published date: September 2019

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments